सुर्खेतमा ३८ विरुद्ध मुद्दादायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा ३८ विरुद्ध मुद्दादायर


कर्णाली ब्युरो

१२ फाल्गुन २०७७, बुधबार


सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले गत अषाढादेखि पुष मसान्त सम्ममा ३८ जना अभियुक्तको मुद्दा दायर गरेको छ ।

मुद्धादायर गरिएका अभियुक्त मध्ये जिल्ला अदालत सुर्खेतमा ६ जना र डिभिजन वन कार्यालय सुर्खेतमा ३२ जना रहेका छन् । जसमा वन पैदावारमा ३०, वन्यजन्तुमा ७ र जडीबुटीमा १ सहित ३८ मध्ये ७ वटा मुद्दा फैसला भएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

गरिबी, जनसंख्यावृद्धि, अशिक्षा र नेपाल सरकारको काठ चिरानी र लिलाम विक्री रोक्काले वन पैदावार बढ्दै गएको छ । वन ऐन, २०७६ को उपदफा ५९ अनुसार ,अभियुक्त लाई कसुरको प्रकृति हेरी सजाय दिइने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द प्रसाद दाहालको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस