चट्याङसहित वर्षाको सम्भावना, सतर्क हुन आग्रह « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चट्याङसहित वर्षाको सम्भावना, सतर्क हुन आग्रह


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ररहेको छ भने अन्य भू–भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, काठमाडौँमा आज अपरान्ह्मा मौसम बदली भए पनि बाँकी समय काठमाडौंको मौसम सफा रहने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार आज विहान काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस