२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० हजार एप्पल कम्प्युटरमा भाइरस आक्रमण

अ+ अ-

एजेन्सी । विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा भाइरस आक्रमण भएको छ । झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुले जानकारी दिएका छन् ।

शोधकर्ताले उक्त भाइरसलाई सिल्भर स्प्यारो नाम दिएका छन् । एप्पलको म्याक अपरेटिङ् सिस्टममा आक्रमण गर्ने यसअघिका कम्प्युटर भाइरस भन्दा यो भाइरस फरक देखिएको र आश्चर्यजनक रुपमा हालसम्म यसले डिभाइसमा कुनै पनि असर गरेको छैन ।

यो भाइरसमा सेल्फ डिस्ट्रक्ट मेकानिज्म रहेको छ । जुन यसअघि साइबर आक्रमणकारीले प्रयोग गर्ने गरेको देखिएको थिएन । यसले कम्प्युटरमा कस्तो खाले प्रभाव पार्दछ भन्ने पनि हालसम्म प्रष्ट नभएको शोधकर्ता टोनी ल्याम्बर्टले बताए ।

उक्त भाइरस इन्टरनेट सर्चका क्रममा म्याक कम्प्युटरमा छिरेको हुनसक्ने अनुमान गरिएको छ । शोधकर्ताका अनुसार सिल्भर स्प्यारोमा एप्पलको आफ्नै एम वान चिपमा प्रयोग हुने कोड रहेको हुन्छ ।

उक्त भाइरसको उद्धेश्य के हो भन्नेचाहिँ पत्ता लगाउन सकिएको छैन । एक ब्लगपोष्टमा कम्पनीले हालसम्म सो भाइरसबाट कम्प्युटरमा कुनै पनि खाले हानिकारक कार्यसमेत नभएको जनाएको छ ।

यो भाइरसले गत वर्षको अन्त्यतिरबाटै एप्पल कम्प्युटरमा आक्रमण सुरु गरेको हुनसक्ने जनाइएको छ । यो भाइरसले फेब्रुअरी १७ सम्ममा विश्वका १ सय ५३ देशका २९ हजार १३९ वटा म्याकमा आक्रमण गरिसकेको अनुसन्धानमा खुलेको छ ।

त्यसमध्ये अमेरिका, बेलायत, क्यानडा, फ्रान्स तथा जर्मनीमा संक्रमणदर उच्च देखिएको छ । यद्यपि विश्वभरमा प्रयोगमा रहेका दशौँ लाख म्याकको तुलनामा यो संख्या निकै कम हो ।

प्रतिक्रिया दिनुहोस