कङ्गोमा इटालीका राजदूतको हत्या « प्रशासन
prasaLogo
११ फाल्गुन २०७७, मंगलवार

कङ्गोमा इटालीका राजदूतको हत्या


प्रकाशित मिति : 23 February, 2021 7:21 am

कङ्गो । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ।

देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका बेला सोमबार उनको हत्या भएको हो।

पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ।

सुरक्षा दलका अरू केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ। घटनाका बारेमा थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ। रासस/सिन्हा

Tags :
प्रतिक्रिया दिनुहोस