२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि समस्या समाधान आयोग : स्थानीय तहसँग सम्झौता थालनी

अ+ अ-

त्रिशूली । भूमिसम्बन्धी समस्या समाधान आयोगको नुवाकोटमा कार्यालय स्थापना भएसगैँ काम अघि बढाइएको छ । केही दिनअघि आयोगले नुवाकोटको संयोजकमा विन्दा ढुङ्गाना, सदस्यमा बलराम आचार्य र नारायण घिमिरे चयन भएर जिम्मेवारी पाएसगैँ जिल्ला समन्वय समितिको भवनमा आयोगको कार्यालय स्थापना र जिल्लाका स्थानीतहसँग सम्झौता थालिएको छ ।

‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी’लाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि भूमिसम्बन्धी ऐनलगायतका प्रचलित कानून अनु्सार काम गर्न सम्झौता शुरु गरिएको आयोगको नुवाकोटका संयोजक ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बासोबास गर्दै आएकालाई व्यवस्थित गर्न आयोगको स्थापना भए पनि स्थानीय तहमा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन एकाइ’ गठन गरेर निवेदन सङ्कलन गर्ने, त्यस माथि कारवाहीको लागि कार्यपालिकाको बैठकमार्फत सिफारिस गरेर पठाउनेसम्मको अधिकार स्थानीय तहलाई दिइएको छ ।

‘स्थानीय तहमार्फत सिफारिससहित प्राप्त भएका निवेदन जिल्लास्थित आयोगको कार्यालयले सङ्कलन गरेर त्यसलाई सम्बोधनको लागि केन्द्रमा पठाउने प्रावधान छ’, संयोजक ढुङ्गानाले भने, ‘स्थानीय तहले सङ्कलन गरेको लगत सम्बन्धमा आवश्यक प्राविधिक पठाउने काम आयोगको जिल्ला र केन्द्रको भएकाले बाँकी मुख्य जिम्मेवारी स्थानीय तहमा रहेको हुँदा आयोगले कामको थालनी स्थानीय तहका प्रमुख तथा अध्यक्षसँग सम्झौता गरेर अघि बढाएका हौं ।’

आफ्नो पालिकाभित्रका भूमिहीन र सरकारी जग्गा उपभोग गर्दै आएका अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन तथा व्यवस्थित गर्न नुवाकोटको स्थानीय तहका प्रमुखले आयोगको नुवाकोट कार्यालय समक्ष सम्झौता गर्दैै लक्ष्य र उद्देश्य अनुसार जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् ।

किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन एकाई’ गठन गर्दै निवेदन सङ्कलन, त्यस माथिको छानबिनलगायतका प्रक्रिया पूरा गर्न आफूहरु निष्पक्ष रुपमा लाग्ने प्रतिबद्धता जनाए ।

सङ्कलन गरिएको निवेदनको अन्तिम फैसलाको अधिकार आयोगको केन्द्रमा रहेकाले सम्बोधन हुनेमा भने उनले आशङ्का व्यक्त गर्नुभयो । आयोगबाट प्रभावकारी काम हुनेमा आफूलाई पनि विश्वास नभएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रतिक्रिया छ ।

तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले भने आयोगको अधिकार क्षेत्र र प्राप्त जिम्मेवारी पूरा हुनेछ भन्नेमा आफू पूर्ण रुपमा आशावादी रहेको बताए तादीमा एक विद्यालयको जग्गा स्थानीयवासीले खरीद गरे पनि जग्गाधनी प्रमाणपत्र हस्तान्तरण नभएकाले त्यससम्बन्धी समस्या मुख्य रहेकाले आयोगबाट समाधान हुनेछ भन्ने आशा रहेको अध्यक्ष पाण्डेको भनाइ छ । तीन वर्षको कार्यकाल रहेको आयोगको अवधि अब २६ महिना छ ।

तोकिएको समयभित्रै काम सम्पन्न गर्न आफूहरु सक्रिय भएर लाग्ने भएकाले कुनै शङ्का नलिई काम अघि बढाउन स्थानीय तहलाई आयोगको नुवाकोट कार्यालयले अनुरोध गरेको छ । पहिलोमा भूमिहीन दलित, दोस्रोमा भूमिहीन सुकुम्वासी र तेस्रो प्रथामिकतामा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य भएकाले सोही अनुसार काम अघि बढाउन स्थानीय तहलाई सुझाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस