मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण सुरु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण सुरु


१० फाल्गुन २०७७, सोमबार


सिन्धुपाल्चोक । फागुन १० गते सोमबार मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण सुरु भएको छ। आज साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु भएको हो।

खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर खानेपानी आयोजनाको सुरुङमा पानी पठाएका हुन् ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु भएको छ।

यसअघि गत वर्ष मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर परीक्षण गर्दा
हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो।

त्यतिबेला आयोजनाको मुहानस्थित ‘हेड वर्क्स’बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस