२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विभाजन र एकता इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

अ+ अ-

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विघटन कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताएकी छन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभई इतिहासको संस्करण भएको बताएकी हुन् ।

‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन । इतिहासको पुनरावृत्ति हो’, मन्त्री अर्यालले भनिन्, ‘यसलाई व्यवस्थित ढङ्गले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ ।’ अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिबद्ध भएर लागिरहेको मन्त्री अर्यालको भनाई थियो ।

निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उहाँले पार्टी औपचारिक रुपमा नफुटेको र एउटै रहेको बताए । उनले भने,‘प्रधानमन्त्रीले आग्रह गरिरहनुभएको छ । मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस मिलौँ निर्वाचनमा जाऔँ, अब सडकमा होइन निर्वाचनमा तयारीमा लागौँ ।’

देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको भन्दै उनले सिके राउतलाई ल्याइसकेको र अर्काे पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको बताए ।

यसैबीच स्याङ्जाको सिद्धार्थ राजमार्गसँग जोडिएका आधा दर्जन सडक पिच भएको मन्त्री अर्यालले दाबी गरेकी छन् । आईतबार वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड कालोपत्रे शिलन्यास गर्दै मन्त्री अर्यालले यस्तो दाबी गरेकी हुन् ।

राजमार्गसँग जोडिएका आधा दर्जन भित्री सडकहरु यो ३ वर्षमा पिच भएको उनले दाबी गरेकी हुन् । ‘हामी तथ्य, प्रमाणमा टेकेर बोल्छौँ । स्याङ्जाका आधा दर्जन भित्रि सडक पिच गरिएको छ’, उनले भने, ‘केहि हुँदैछन । विकास भएको छ । जनताले विकासको अनुभूत गरेका छन ।’

गल्याङ, चापाकोट, सडक, अर्जुनचौपारी घण्टे सडक, प्याराग्लाईडिङ स्थल स्वरेक मैदान जाने बयरघारी बगरेबजार र अर्काे वालिङ डौँवालगायतका सडक पिस भएको उहाँको भनाई छ । आइतबार नै मन्त्री अर्यालले पेलाकोट पिडिखोला सडकको समेत कालोपत्रे शिलन्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस