२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब ६० वर्ष माथिका नागरिकलाई कोरोना खोप दिने छौँ : मन्त्री त्रिपाठी

अ+ अ-

परासी । सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

आइतबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको भवन शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरे । उनले आजै १० लाख खोप डोज नेपाल भित्रिएको जानकारी पनि दिए ।

मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताए । ‘कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ’, उनले भने ।

फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरी दाउन्ने खण्डको विकल्पमा संसारकोट–दुम्किबास सडक निर्माणका लागि केन्द्रीय योजनाका रुपमा सरकारले प्राथमिकता दिएको जानकारी दिए । सो सडकका लागि बजेट विनियोजन भई काम शुरुआत भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस