काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रेस संगठन नेपालको इन्चार्जको जिम्मा स्थायी कमिटी सदस्य योगश भट्टराईलाई दिएको छ।
यसअघि इन्चार्ज रहेका राजेन्द्र गौतम ओली समूहमा गएपछि भट्टराईलाई इन्चार्जको जिम्मेवारी दिइएको हो।
यस्तै संगठनको सहइन्चार्जको जिम्मेवारी विष्णु रिजाललाई दिइएको छ। ओम शर्मा र महेश्वर दाहाल यस अघिदेखि नै सह–इन्चार्ज रहेका छन्।
संगठनको पदाधिकारीमा संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोट ‘जुगल’ तथा महासचिवमा राजेश राईलाई चयन गरिएको छ।