बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु


८ फाल्गुन २०७७, शनिबार


पाल्पा । बालुवाको ढिस्कोले पुरिएर पाल्पामा शनिवार दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका ४ बली पोखराकी १३ वर्षीय पवित्रा सारू र ३६ वर्षीय मायादेवी सिंहको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् ।

३६ वर्षीय सिंहको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजानेक्रममा बाटोमै र १३ वर्षीय बालिका सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व खोला गाउँपालिका ४ को छेबकुनस्थित बालुवा खानीमा बालुवा खन्ने क्रममा अचानक माथिबाट खसेको ढिस्कोले पुरिएपछि उनीहरूको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस