२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जि २० समूहसँग मिलेर काम गर्ने जि ७ का नेताहरुको प्रतिबद्धता

अ+ अ-

लन्डन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।

यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको यस बैठकमा सहभागी भएका जि ७ का नेताहरुको उक्त धारणा शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

जि ७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ– जि ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरुको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ । उक्त विज्ञप्तिमा भनिएको छ– हामीले आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पुर्याएको क्षतिको पनि पुनर्निमाण गर्ने गरी मिलेर काम गर्नेछौँ ।

सो जि ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रबारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमनत्री बोरिस जोन्सनले गर्नुभएको थियो रेका थिए। उक्त बैठकमा हाल कोभिड १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।

हाल विश्वमा कोरोना भाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो । यस जि ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस संगठनको बैठक शुक्रबार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस