दाहाल-नेपाल समूहद्वारा मानवसाङ्लो गरी टुँडिखेल घेराउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दाहाल-नेपाल समूहद्वारा मानवसाङ्लो गरी टुँडिखेल घेराउ


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले टुँडिखेल घेराउ गरेको छ। सरकारको कदमको विरोध गर्दै आज (बिहिबार) टुँडिखेलमा मानव साङ्लो बनाएर यो समूहले विरोध गरेको हो।

गत पुस ५ गते सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन पश्चात दुई समुहमा विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल-नेपाल समुह संसद विघटन असंवैधानिक र अलोकतान्त्रीक रुपमा भएको भन्दै निरन्तर रुपमा सडकमा आन्दोलनरत रहेको छ ।

सोही अनुरुप दाहाल-नेपाल समुहले आज (बिहिबार) चौथो चरणको आन्दोलन अन्तर्गत टुँडिखेल घेराउ गरेका हुन् ।

जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ। गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको उक्त समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रम फागुन २१ गतेसम्म चल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस