बैतडी । भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बैतडीको दोगडाकेदार–७ चडेपानी घर भएका दिनेश भट्टलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
मृतक भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले बदला लिन भागरथीको हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।
दिनेश भागरथीकै छिमेकी हुन् । उनले आफूले बदला लिन हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका दिनेशलाई प्रहरीले आज(बुधबार) सार्वजनिक गर्ने जानकारी दिएको छ ।
१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। त्यसपछि पीडित पक्षले हत्यारा पत्तालगाइ कारबाही गर्न आन्दोलन गर्दै आएको थियो ।