काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने भएका छन् ।
सिंहदरवारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट उनले सरकारका उपलब्धि सार्वजनिक गर्ने भएका हुन् ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुने भएको हो ।