काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै


३ फाल्गुन २०७७, सोमबार


काठमाडौँ। नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धमा काँग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गर्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै आज हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।

सभाको लागि काँग्रेसले शीर्ष नेताहरूलाई जिल्लामा खटाएको छ । सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनेछन्। यस्तै ललितपुरको लगनखेलमा हुने विरोध सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधिसभाको निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते स्थानीय तह, माघ ८ वडा तहमा विरोध प्रदर्शन गरेको थियो। माघ १९ गते भ्रातृ सङ्गठन र माघ २४ गते शुभेच्छुक सङ्गठनको अगुवाइमा काँग्रेसले देशभरि प्रदर्शन गरेको गरिसकेको छ। यसअघि काँग्रेसले मङ्सिर २९ गते सरकारविरुद्ध सबै जिल्लाहरूमा विरोध प्रदर्शन गरेको थियो।

संसद् विघटन विरुद्ध नेकपाको दाहाल–नेपाल समूहले पनि विरोध प्रदर्शन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस