मायाको जग र स्केल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मायाको जग र स्केल


२ फाल्गुन २०७७, आइतबार


आमा

हो, तिमी मेरो हृदयको बिगुल भएकी छौ,
म त्यही बिगुलको निर्दोष चाल भएको छु !

हो, तिमी मेरो सपनाको प्रिय भएकी छौ,
म त्यही सपनाको उडान भर्ने रकेट भएको छु !

हो, तिमी मेरो भावनाको साझेदारी भएकी छौ,
म त्यही भावनाको आज्ञाकारी पालक भएको छु !

हो, तिमी मेरो प्रेमको उत्प्रेरक भएकी छौ,
म त्यही उत्प्रेरकको योजनाकार भएको छु !

हो, तिमी मेरो साहसको स्केल भएकी छौ,
म त्यही स्केलको मापक इकाई भएको छु !

हो, तिमी मेरो खुसीको द्वार भएकी छौ,
म त्यही द्वारको एक चालक भएको छु !

हो, तिमी मेरो प्रेमिल नयनको गल्ली भएकी छौ,
म त्यही गल्लीको प्यारो अंशियार भएको छु !

हो, तिमी मेरो कन्चन सागरको सिरानी भएकी छौ,
म त्यही सागर भित्रको स्निग्ध शिखा भएको छु !

हो, तिमी मेरो केबल मुटुको सन्दुक भएकी छौ,
म त्यही मुटुको सन्दुक खोल्ने मतियार भएको छु !

हो, तिमी मेरो एक विशाल आकाश भएकी छौ,
म त्यही आकाशको विशाल चौडा छाती भएको छु !

हो, तिमी मेरो चाँदको रोशन भएकी छौ,
म त्यही चाँदको उज्यालो ज्योति भएको छु !

हो, तिमी भिडै भिडमा एक मोती भएकी छौ,
म त्यही मोतीको एक्लो नयन सम्हाली रहेको छु !

हो, तिमी म नभएर म तिमी भएकी छौ,
म त्यही तिमिको म मा खुसीको भरोसा भएको छु !

हो, तिमी नूतन बिम्बको स्वरूप भएकी छौ,
म त्यही स्वरूपको पर्खाल आडाइ रहेको छु !

हो, तिमी कन्चन सतह भएकी छौ,
म त्यही सतहको मोतीलाई बेरिरहेको छु !

हो, तिमी यादको विशाल ढोका भएकी छौ,
म त्यही ढोकाको धड्कन भित्र छिरिरहेको छु !

हो, तिमी मायाको पुस्तकको पाना भएकी छौ,
म त्यही पुस्तक किनेर पढ्ने ज्ञानी भएको छु !

हो, तिमी कन्चन बिम्बहरू केलाउने भएकी छौ,
म त्यही बिम्बहरूको नाप नक्सा लिने भएको छु !

हो, तिमी सुरिलो स्वर खोजी रहेकी छौ,
म त्यही स्वरमा जीवनको सङ्गीत भरी रहेको छु !

हो, तिमी मुटुको जग नापी रहेकी छौ,
म त्यही जगमा आभासको स्केल मिलाइ रहेको छु !

हो, तिमी सुकोमल विश्वास थपी रहेकी छौ,
म त्यही विश्वासको जगमा इँटा थपी रहेको छु !

रुरु गाउँपालिका-१, गुल्मी

 

प्रतिक्रिया दिनुहोस