ललिता निवास प्रकरण : विशेष अदालतमा नेपाल र भट्टराईविरुद्ध दर्ता भएको अभियोगपत्र बुझ्न सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललिता निवास प्रकरण : विशेष अदालतमा नेपाल र भट्टराईविरुद्ध दर्ता भएको अभियोगपत्र बुझ्न सर्वोच्चको आदेश


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र बुझ्न आदेश गरेको छ ।

रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा।.आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले उक्त आदेश गरेको हो । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए । अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ ।

मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो । अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस