ट्राफिक कोन नहुँदा सवारी दुर्घटनाको जोखिम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्राफिक कोन नहुँदा सवारी दुर्घटनाको जोखिम


३० माघ २०७७, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा ट्राफिक कोनको अभाव देखिएको छ ।

रातीको समयमा टल्किने भएकाले दुर्घटना न्यूनीकरण गर्न सघाउ पुग्ने भए पनि कोन अभावका कारण सवारी चाप रहने बसपार्क अगाडीकै सडकमा ट्राफिक कोन छैन ।

प्रदेश राजधानीसँगै बढ्दो जनसङ्ख्या र सवारी साधनको बढोत्तरीले सवारी दुर्घटनाका घटना पनि बढी रहेको जिल्ला ट्राफिक कार्यालय, सुर्खेतले जनाएको छ ।

रत्न राजमार्गको उत्तरी भागमा अवस्थित बसपार्कको दक्षिणी गेटसँगै ४ लाइनको सडक जोडिएको छ । र, ठिक अगाडी सडकको बिच भागमा ट्राफिक कोन राख्नको लागी करिब ५० मिटर स्थान सडक विभागले छुट्टाइएको भए पनि सो ठाउँमा कोन राखिएको छैन । जसले यात्रु झुकिने र दुर्घटनामा पर्ने गरेको ट्राफिक कार्यालयको भनाई छ ।

सडक विभाग सुर्खेत, स्थानीय निकाय र ट्राफिक कार्यालयको समन्वयमा ट्राफिक कोन राखिँदै आएको छ । जसका लागी सडक विभाग र स्थानीय निकायमा पत्राचार गरेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताए ।

सडक विभाग सुर्खेतका ई.विजय कुमार थापाले जिल्ला ट्राफिक कार्यालय सुर्खेतबाट पत्र आएको स्विकार्दै आवश्यक ट्राफिक कोनको छिटै व्यवस्थापन गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस