प्रहरी रामकुमारी झाँक्रीको निवासमा पुगेपछि समर्थकद्वारा नाराबाजी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी रामकुमारी झाँक्रीको निवासमा पुगेपछि समर्थकद्वारा नाराबाजी


२९ माघ २०७७, बिहिबार


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुले नाराबाजी गरेका छन् ।

नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोली पक्राउ गर्न शंखमूलस्थित उनको निवास पुगेपछि जम्मा भएका समर्थकहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

अहिले झाक्रीको निवासमा नाराबाजी भइरहेको छ भने सादा पोशाकका प्रहरी पनि छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले झाँक्रीलाई बोलाएको थियो। आफैँ उपस्थित नभएपछि महाशाखाको टोली झाँक्रीलाई लिन उनको निवास पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस