२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ ।

सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक र व्यावहारिक आधार तयार पार्ने उद्देश्य कार्यक्रमको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेअनुरूप त्यसमा आधारित सेनाले फागुन २ देखि ५ गते उक्त कार्यक्रम गर्न लागेको हो ।

सेनाका विशिष्ट श्रेणी, रक्षा मन्त्रालय र अरु सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहने उक्त कार्यक्रममा गैरसैनिक विषयविज्ञबीच समेत प्रस्तुतीकरण र छलफल गरी निष्कर्ष निकालिने बताइएको छ ।

सङ्गठनमा विद्यमान पद्दति र प्रणालीलाई सुदृढ गर्दै लैजान र भविष्यमा परिवर्तन व्यवस्थापनको कार्यलाई सम्पादन गर्ने दायित्व भएका भावी पुस्ताको नेतृत्वलाई उक्त प्रक्रियामा हिस्सेदार र जिम्मेवार बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम गर्न लागिएको सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस