२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा ६ महिनामा एक अर्ब ३६ करोडको तरकारी तथा फलफूल कारोवार

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोडको कारोवार गरेको छ ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख २ हजार ६०० कारोवार भएको पाइएको हो । मुलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोवारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

‘हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोवार हो’, निर्देशक रोकायले भने,’उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।’ उनले भन, ‘सुेर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोवार तेब्बरले भएको देखिन्छ ।’

उनका अनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५५३ क्विन्टलबाट रु २३ करोड १४ लाख २३ हजार ४०० कारोवार भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टलमा रु ८० करोड ५३ लाख ६९ हजार २०० कारोवार भएको छ । यो प्रारम्भिक तथ्याङ्क भएकाले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाइ छ ।

निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले यहाँ उत्पादित कन्येच्याउ दुई हजार ७२५ क्विन्टलबाट ६ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टलबाट ६ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टलबाट रु पाँच करोड ९१ लाख ६१ हजार ६०० आन्तरिक कारोवार भएको बताए ।

‘कारोवार भएका तरकारी तथा फलफूल बालीमा आयातभन्दा कर्णालीले उत्पादन गरेका फलफूल र तरकारी बालीवस्तु नै छन्’, अर्थविज्ञ थापाले भने, ‘उत्पादित बालीवस्तुबाट भएको कारोवारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको निक्र्योल गरिनेछ ।’ पहिलोपटक लिएका तथ्याङ्कको प्रमाणीकरण गरिने उनले बताए ।

त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्विन्टलबाट रु ५३ करोड २६ लाख ७५ हजार २००, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट रु १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट रु पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८५६ क्विन्टलबाट रु तीन करोड ८० लाख ६४ हजार बाह्य कारोवार भएको अर्थविज्ञ थापाले बताए ।

प्रतिक्रिया दिनुहोस