२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करुणा, विवेक र विचारको अवसान

अ+ अ-

देशले अङ्गीकार गरेको प्रणाली सही तरिकाले अघि बढ्नका लागि  संवैधानिक स्वास्थ्य राम्रो हुनुपर्छ । अहिले संविधानलाई विसन्चो भएको छ । आजको समयमा मुलुकको न्यायिक स्वास्थ्य गडबड छ । विधायिका कोमामा छ । अब मौजुदा विधायिका बौरिने हो या नयाँले जन्म लिने हो या अन्योलको यात्रामा जाने हो ठेगान छैन । देशका संवैधानिक संस्थाहरुप्रति अविश्वासको वातावरण छ । प्रशासकीय स्वास्थ्य राजनीतिक स्वास्थ्यको  सङ्क्रमणले आक्रान्त छ । सबै नीतिको मूल नीति राजनीतिलाई भ्रामरीको महाँदशा लागेको छ । आज राष्ट्रलाई सन्चो छैन ।

हिन्दुस्तानी कवि अटलविहारी वाजपेयी आफ्नो कवितामा बोल्छन –

“बेनकाब चेहरे हैं, दाग़ बड़े गहरे हैं

टूटता तिलिस्म आज सच से भय खाता हूं

गीत नहीं गाता हूं

लगी कुछ ऐसी नज़र बिखरा शीशे सा शहर

अपनों के मेले में मीत नहीं पाता हूं

गीत नहीं गाता हूं ”

आज नेपालका हर्ताकर्ताहरुको नकाब उत्रेको छ । नकाबले छोपिएका अनुहारका गहिरा दाग प्रष्ट देखिए । आश्वासनका ठूलाठूला तिलस्मले आफ्नो औकात राम्रोसँग देखाए । आफ्नै घरमा आपसमै तमासा बने  भरोसा पस्कनेहरु । छद्म रुपमा भए तापनि देखावटी मित्रता थियो , सानोसानो दिलासा थियो । अहिले नकाब उत्रेपछि थाहा भयो ,  छद्म मित्रताले सक्कली समृद्धि ल्याउन के सक्थ्यो ? अवस्था यस्तो कि सत्य पनि डराउन थाल्यो ।

विचारहरु ढले । अडानहरु पद , सम्पत्ति र सुविधाका सिकार भए । नौलो जनवाद , एक्काइसौं शपाब्दिको जनवाद , जनताको जनवाद , वैज्ञानिक समाजवाद र लोकतान्त्रिक समाजवाद सबै गालीगलोजको गन्जगोलमा लीन भए ।

प्रणालीसँग बेइमानी भनेको आफैले जन्माएका सन्तानप्रतिको आघात जस्तै हो । प्रणालीलाई तदर्थ र तत्कालीन फाइदाका लागि आफ्नै जनक जननीले थिलोथिलो पारे । सच्याउनु पर्ने थियो  , मिलाउनु पर्ने थियो  , टेढा मेढा सम्याउनु पर्ने  थियो , परन्तु सगौरव भत्काए । तैपनि सिद्धान्तका कुरा हुन्छन् , आदर्शका कुरा हुन्छन् । तैपनि देवतुल्य स्तुति गाउँदै ताली बज्दछन् । भेडीगोठ जस्तो भएको छ देश । खोसाखोसका बीच कोही कोही फुत्केर उछिट्टिएका छन् । धन्न सबका सब भेडा छैनन् । तर  छुट्ट्याउन कठिन छ ,  भेडा प्राणी बुद्धिमान कि भेडेतर प्राणी ?

“मेरा मन्तर कीरा झारी तेरा मन्तर कीरा पारी ।”  एउटै गुरुका ग्रन्थ पढेर उधुम गर्नेहरूको यस्तो तमासा । गाली गर्दा गर्दा थाकेर होला कसैको वैधव्यको जीवनप्रति कटाक्ष गरेको सुनियो । आफै वृद्ध र रोगीले आफू जस्तै वृद्ध र रोगीलाई खिसीट्यूरी गरेको सुनियो । अझ अघि बढेर पितामहतुल्य अथक अधिकारवादी वयोवृद्धको खिल्ली उडाएको पनि सुनियो । नैतिकता , विवेक र करुणाको दु:खद र खेदजनक अवसान सबैका आँखा अगाडि भइरहेछ । यो मूलपाठको गृहकार्य इमान्दार अनुयायी चेलाहरुले सार्वजनिक रुपमा बुझाइरहेको सुन्दा गुरुदेवहरु उत्फुल्ल भएका होलान् ।

विगतमा केही पनि भएन भन्नु अन्याय हुन्छ । विगत दश वर्ष र बितेका दुई वर्षमा पनि केही भएको छ । निराशा मात्र बाँड्नु यो आलेखको उद्देश्य होइन । किन्तु योभन्दा अत्यन्तै धेरै गर्ने कबुल गरिएको थियो र गर्न सकिन्थ्यो । अहिले एकाघरका बहुघरमुलीहरु कसैले अमुकले केही गरेन भन्ने र कसैले अमुकले गर्न दिएन भन्ने गरेको सुनिन्छ । आज ठूलाठूला विद्वानले अदालतमा गरेका बहस सुन्दा हाँस्न मन लाग्छ । यहाँ कसैको पनि अन्तरात्मा र चेतना बोल्दैन । एक्लो भेटमा परिस्थितिले गर्दा आफ्नो अन्तरात्माको आवाज मरेको स्वीकार गर्नेहरु यन्त्र जस्तै बोल्दछन् । आवाज  गुमाएका आवाज सुन्न अभिशप्त छ नेपाली जनमानसमा ।  शब्द नभई फगत ध्वनि मात्र प्रतीत हुने स्वरहरु ।

अविरल अट्टहासबीच कसैलाई खुसी पार्न र कसैलाई चिढ्याउन पिटिने ताली र फुकिने सुसेलीहरु सुनिन्छन् । जति ठूला गाली त्यति नै घनघोर ताली । अकिन्चन र वन्चनामा परेका बेरोजगारहरुलाई पालैपालो जम्मा गर्न सहज छ यहाँ । भयानक आश्वासन र उपदेश खाएर बाँच्न विवश नेपाली सिधासाधा गौ प्राणी हो भन्ने कुरा हाम्रो राजनीतिले काइदासँग बुझेको छ ।

धिक्कार भन्नु पनि कसलाई भन्नु , दिक्क मान्नु पनि कोसँग मान्नु , भावुक हुनु पनि कसलाई देखाउन हुनु , रुनु पनि कता बसेर कहिले रुनु ? भावशून्य लक्ष्यहीन जीवनहरु यन्त्रवत लामबद्ध छन् । यहाँ बेबफा बफादारहरु आफ्नो दुनो थापेर बस्दछन् । जुन पक्षबाट दुनोमा झर्छ त्यही जिन्दावाद ! यहाँ हृदयहीन प्रशंसा सुनेर अर्को पत्थरमय हृदय पुलकित हुन्छ । दिने र लिने दुबै सचेत छन् , दुनो सोझो पार्नु छ ।  यी सबै निर्दयता , अकर्मण्यता र अविवेकलाई हेर्दा यी निर्दयी , करुणाहीन र दयाहीनप्रति नै दया लागेर आउँछ ।  बिचरा भन्न मन लाग्छ ।

विचारको अवसान भएको समय हो यो । स्वार्थ मिले असीमित घृणा  गर्ने व्यक्ति पनि देवतुल्य हुन्छ । विवेक  अवसान भएको यो दौरमा विचार एक परिहास मात्र    भएको छ । नवदुर्गामा वर्षमा एकबार फुकाइने  दुर्गापाठ  जस्तो भएको छ विचार । विचार ब्यानर र साइनबोर्डमा मात्र  सीमित भयो । धर्मभीरु र गरिब जनता रहुन्जेल सजिलो छ यहाँ । यस्तै विचारशून्य जनता फलिफाप छन् यिनीहरूका लागि । विचार चोरिएको छ जनताको । धन्न ज्ञानको ज्योतिबाट टाढा अँध्यारोमा छ जनता । नत्र यी तदर्थ नाटक गर्नेहरुको पछि को लाग्थ्यो ?

अझै पनि बेरोजगार युवा रोजगार पाउने आसमा हैन एक दिनको रमाइलोको लागि जुनसुकै गुटको हुलमा सामेल हुन तयार छ ।  वन्चित राखिएको मानिसलाई वन्चकहरुले भाषण सुनाउने र अचम्मैसित ताली र सिठी पाउने  । बरु लज्जाले लाज मानिसक्यो ,  तर  करुणाहीन छातीभित्रको हृदय द्रवित भएन । पालैपालो भीडको साक्षी बनी  काठको पुतली जस्तो नाच्ने त्यो शारीर जिउँदो  मानव हो भन्ने चेतना नभएका दयाहीनहरु पालैपालो नाटक गरिरहेछन उही थरगोत्र भएका झगडालुहरु । शक्ति र सत्ताको फल टिप्न आतुर फत्तुर हल्लाहरु ।  देशमा पूर्ण रोजगारी भएको भए मानिसलाई यिनलाई देख्ने फुर्सद पनि हुने थिएन ।   परन्तु घोर विडम्बना छ यहाँ ! सबै बेरोजगारको जिब्रोमा यिनै महाशयहरुको वास छ । मन पर्नेको मैलोमा पनि सुवास छ , मन नपर्नेको नाम सुन्दा दुर्गन्ध आउँछ ।

नेपालमा मात्र सुहाउने “अट्टहास  समाजवाद” जो अरु देशमा काम लाग्दैन । सबैलाई माटोको चिन्ता छ रे ! सुशासन र सदाचारका नियम पनि आ-आफ्नै ।  कसैको लागि त्यही सदाचार कसैको लागि त्यही अनाचार । संवैधानिक संस्थाले सच्चा काम नै गरे पनि कसैले नपत्याउने अवस्था छ ।

पुर्खाको केही योगदान केही गल्ती हुन्छन् जहाँ पनि । तर  राम्रा कुरा बिर्सेर पुर्खालाई भरमार  गाली गर्दै  संविधान लेख्नेहरुलाई नै संस्कृति र इतिहासको माया लाग्न थालेको छ यहाँ । यहाँ हरेक कुरा बजारभाउ हेरेर तय  गरिन्छ । नक्कली र तदर्थ माया हो यो । हिजोको बेकम्मा ब्यक्ति आफ्नो झुन्डमा सामेल हुँदा  बडो असल , नैतिकवान र शुद्ध राष्ट्रवादी हुन्छ यहाँ । शालीनता मरेको बखत हो यो । भविश्यका सन्ततीलाई उपहास र निन्दावचन सिकाउने पुनीत स्वर्णकाल हो यो ।

ननभेज आन्दोलन र चिडियाखाने धम्की सुनिन्छ यहाँ । असङ्गत र अश्लील हल्लाहरुले  आक्रान्त छन् गल्ली र चोकहरु । यतिसम्म नगरेको भए पनि हुन्थ्यो महानुभावहरु ! यति च्याट्ठिएर र च्यात्तिएर नबोले पनि सुनिन्छ हजुर  ! यति घृणा नगर्नुहोस् कि भोलि तपाईंहरुको हुलहाल समाप्त भएका बखत बोलचाल गर्ने बाटो बन्द होस् । आफ्नै कार्यपालिका विरुद्ध विधायिका प्रमुख न्यायपालिका धाउने / धाउनुपर्ने परिस्थिति बन्द गरे कसो होला महोदयहरु ? यस्तो अवस्थाबीच नियुक्त भएका पदाधिकारीहरुको मनोबल कस्तो होला ? पक्षपातको आरोपबाट कसरी जोगिने होला ?

तथापि हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । नेपालमा कम्युनिस्ट पार्टीमा पनि प्रश्न गर्न पाइन्छ भन्ने सन्देश प्रवाहित भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले  माधव , नारायण र घनश्यामले जे प्रस्ताव ल्यायो त्यसैमा छलफलको माग गर्ने गरेको भनी सार्वजनिक गर्नुभएको छ । उहाँका आफ्नै हैरानी थिए होला , गर्न खोज्दा गर्न नदिएको आक्रोश होला र सायद उहाँका गुनासा पनि  “भ्यालिड” छन् । परन्तु यो कुराको शुभ सङ्केत पनि छ , त्यो हो प्रश्न गर्न पाउने अधिकारको खोजी ।

एक जमाना थियो , कमरेड प्रचण्डको हरेक आदेशमा सहजै नेपाल बन्द हुन्थ्यो । आज उहाँले बन्दका लागि विनम्र आह्वान गर्दा पनि निर्मम आलोचना भयो । डर र स्वतन्त्रतामा कति फरक रहेछ भन्ने कुरा उहाँ जस्ता लचकदार व्यक्तिले राम्ररी बुझ्नुभयो होला । जे होस् उहाँको बन्दले उहाँलाई नै घाटा भयो । पार्टीको सरकारी घटकको शक्तिप्रदर्शनले प्रशस्त बल देखायो , तर त्यसले पनि सकारात्मक सन्देश दिन कठिन छ । घरबाट बाहिर निस्केर  कचहरीमा झगडा गर्ने भैयादहरुको तमासा हेर्न जम्मा हुने  भीड देखेर प्रफुल्ल हुनुको प्रयोजन छैन ।

प्रतिक्रिया दिनुहोस