भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कारवाही गर्न नेपाल विद्यार्थी सङ्घ माग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भगिरथी भट्टको हत्यारालाई पक्राउ गरी कारवाही गर्न नेपाल विद्यार्थी सङ्घ माग


२५ माघ २०७७, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्टको हत्यारालाई छिटो भन्दा छिटो पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसङ्घ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन्।

‘विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद कुरा हो’, अध्यक्ष ढुङ्गानाले विज्ञप्तिमा भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस