निर्वाचन आयोगद्वारा ७ अर्ब बजेट माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचन आयोगद्वारा ७ अर्ब बजेट माग


२२ माघ २०७७, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गर्दै निकासाका लागि बुधवार अर्थ मन्त्रालयमा पत्राचार गरेको छ ।

बजेट व्यवस्थापनलगायतका विषयमा आयोगले मङ्गलवार नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ ।

आयोगले कोभिड सङ्क्रमणबाट बच्न सुरक्षा सतर्कताका लागि आवश्यक न्यूनतम सुरक्षा व्यवस्थाका लागि भन्दै ३७ करोड ४१ लाख रकम प्रस्ताव गरेको छ । निर्वाचनका लागि आयोगलगायत ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने बताइएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन पर्यवेक्षण व्यवस्थापनलगायतका विषयमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार स्वदेशी, विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न आयोगले अनुमति दिन सक्ने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस