२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभागले माग्यो सिनोफार्मको आपत्कालीन प्रयोग अनुमतिको कागजात

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन अनुमतिका लागि कागजात पेस गर्न चीनको सरकारी कम्पनी सिनोफार्मलाई अनुरोध गरेको छ ।

करिब ३ लाख मात्रा खोप अनुदान सहयोगमा नेपाललाई दिने जनाएको चिनियाँ दूतावासले सोमबार यस विषयमा विभागसँग आपत्कालीन प्रयोग अनुमति प्रक्रियाबारे छलफल गरेको थियो । ‘आपत्कालीन प्रयोग अनुमतिका लागि ऐन–नियमअनुसारको कागजात पेस गर्न सोही छलफलमा भनेका छौं,’ विभागका महानिर्देशक भरत भट्टराईले भने ।

सिनोफार्मबाट उत्पादित ‘सार्स कोभ–२ भ्याक्सिन’ का लागि आपत्कालीन अनुमति माग गरिएको हो । विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको दाबी गर्दे दूतावासले करिब २ करोड ४० लाख जनालाई उक्त खोप दिइसकेको जनाएको छ ।

दूतावासका अनुसार खोपको प्रभावकारिता ७९.३४ प्रतिशत छ । यसले विश्वका १३ मुलुकमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ । विभागलाई सिनोफार्मले तेस्रो चरणको परीक्षण सफल भएको कागजात पेस गरेपछि खोपले नेपालमा अनुमति पाउनेछ ।