२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की र हाँसमा वर्ड फ्लु पुष्टिसँगै सचेत रहन आग्रह

अ+ अ-

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा टर्की र हाँसबाट सङ्कलित नमुनाहरू परीक्षणका क्रममा वर्ड फ्लु रोग पुष्टिसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, हेटौँडाले सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै नेपालमा वर्ड फ्लु रोग फैलिन नदिन रोगको सघन निगरानी बढाई आवश्यकता अनुसार रोग नियन्त्रण कार्यमा सहयोग, सहकार्य र समन्वयको लागि अनुरोध गरेको छ । केही दिन अघि काठमाण्डौँको तारकेश्वर नगरपालिका–७ साङ्ले खोला, फुटुङका स्थानीय कृषकहरूले पालन गर्दै आएका टर्की र हाँसबाट सङ्कलित नमुनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा वर्ड फ्लु रोग पुष्टि भएको थियो ।

मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराई स्वस्थ पन्छी तथा पन्छीजन्य पदार्थको भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्न–गराउन भनेको छ । आफ्नो फार्ममा जैविक सुरक्षाका उपायहरू अपनाउन र आफूले पालेका हाँस, कुखुरा तथा अन्य पन्छीलाई जङ्गली तथा बाहिरी चराचुरुङ्गीहरूको सम्पर्कमा आउन नदिने व्यवस्था गर्न पनि किसानलाई भनेको छ ।

त्यसै गरी सङ्क्रमित पन्छी वा फर्मबाट रोग अन्यत्र फैलन नदिन मरेका पन्छी, पन्छीजन्य पदार्थ, सुली तथा प्वाँखहरू र सोसँग लसपस भएका दाना, सोतर तथा मललाई सुरक्षित तरिकाले नष्ट गर्न, सङ्क्रमित फार्म वा क्षेत्रबाट पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामाग्रीहरू ओसारपसार नगर्न हुन साथै खोर, भाँडा वर्तन तथा उपकरणहरू राम्ररी निःसंक्रमण गर्ने उपायहरू अपनाउन, फार्म परिसर नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन र टोल छिमेकमा कुखुरा तथा अन्य पन्छीहरू अस्वाभाविक रूपमा मरेको देखिएमा वा कुनै पन्छी पालन फार्म वा बिक्रिस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा, मरेमा साथै रोग सम्बन्धी प्राविधिक सर सल्लाहको लागि सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय वा यस मन्त्रालयमा अविलम्ब सम्पर्क गर्नुहुन अनुरोध गर्न भनेको छ ।

वर्ड फ्लुको आशङ्कामा परीक्षण गर्दा वर्ड फ्लु पुष्टि भएसँगै विभागले १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की नष्ट गर्नुका साथै ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस