निर्वाचन आयोगमा आधिकारिकता दावी गर्ने दाहाल-नेपाल समुहको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगमा आधिकारिकता दावी गर्ने दाहाल-नेपाल समुहको निर्णय


१९ माघ २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले निर्वाचन आयोगमा आफूहरु नै आधिकारिक पार्टी भएको दावी गर्ने निर्णय गरेको छ । सोमबार बबरमहलस्थित कार्की व्यांक्वेटमा बसेको चौथौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै आजको बैठकले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। यस्तै आजको बैठकले विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्ताव बैठकले पारित गरेको हो।

गएको माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस