स्रोत नखुलेको १० लाख रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्रोत नखुलेको १० लाख रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ


१७ माघ २०७७, शनिबार


पक्राउ

काठमाडौँ । स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौँ महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियामा स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर बरामत गरिएको छ ।

उनी नेपाल एयरलाइन्सको उडानद्वारा दुबई जान लागेका थिए। चेकजाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस