२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चहर्‍याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्‍याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन्। मानव सेवा आश्रमले सञ्चालन गरेको मेची महाकाली सडक उद्धार अभियानको आज समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पूजाआजा गर्नुभन्दा सडकमा मागेर समेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले मुलुकमा उपदेश दिन धेरै भगवान्का दूत भेटिने गरेको तर मानव सेवा आश्रमका युवाले जस्तो कसैले नगरेकाले उनीहरू साँच्चैका भगवान्को दूत बनेर आएको प्रतिक्रिया दिए। प्रधानमन्त्रीले भने, “उहाँहरू साँच्चै नै देवताले पठाएका मान्छे जस्तो लाग्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर खोजी खोजी बेसहारालाई उद्धार गरी संरक्षण गर्नु सामान्य कुरा होइन, उहाँहरू भगवान्का दूत नै हुनुहुन्छ ।”

गत पुस ७ गतेदेखि सुरु भएको मेची महाकाली सडक उद्धारका क्रममा आश्रमले ७०० भन्दा बढी व्यक्तिलाई सडकबाट उद्धार गरेको छ । उक्त कार्यक्रमको बालुवाटारमा प्रधानमन्त्री ओलीले नै शुभारम्भ गरेका थिए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको राष्ट्रिय लक्ष्य पूरा गर्न आश्रमको अभियान महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले दुःखका सबै कारण समाप्त पार्नुपर्छ भनेर सुरु गरिएको सरकारी अभियानमा बेसराको उद्धार र संरक्षण कार्यलाई एउटा महायज्ञको संज्ञा दिए । उनले महायज्ञको मण्डप भत्काउने तत्त्व पनि फेला पर्न सक्नेतर्फ सतर्क गराएका छन् । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने महाअभियानमा अवरोध पुर्‍याउने तत्त्व देखिएको भन्दै त्यसप्रति चिन्ता प्रकट गरे ।

प्रधानमन्त्री ओलीले घाउमा पराल गडिएका व्यक्तिको उद्धार गरी उनीहरूलाई सामान्य जीवनमा फर्काउनु, नयाँ जीवनको सञ्चार दिनु, मानव समाजप्रति फैलाएको घृणा भाव समाप्त पार्दै मानवताप्रतिको आस्था जगाउनु सामान्य कुरा नभएको बताए । ‘सेवा नै परमोः धर्म’ भन्ने उक्तिको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यो भन्दा ठुलो पुण्य कार्य अरू केही हुनै नसक्ने बताए । देवकोटाको ‘कुन मन्दिरमा जान्छौँ’ यात्री भन्ने कविताले आज सार्थकता पाएको महसुस भएको उनले बताए। मन्दिरमा जानुभन्दा चहर्‍याइरहेको घाउमा मलम लगाउन प्रधानमन्त्रीले सबैमा अनुरोध गरे ।

विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानवरहित बनाउने सङ्कल्प सरकारले लिएको स्मरण गराउँदै यस्ता अभियानले उक्त घोषणालाई सार्थक बनाउने प्रधानमन्त्री ओलीको धारणा थियो । प्रधानमन्त्री ओलीले सरकारी तवरबाट भएको भए ६०० जनालाई सडकबाट उद्धार गर्न दशौँ करोड लाग्ने तर त्यही काम मानव सेवा आश्रमले सहज रूपमा सम्पन्न गरेकोमा प्रशंसा गरे । उनले आश्रमले यो अभियान किन चलाउनुप¥यो भनेर बुझ्न सरकारी निकायसँग आग्रह गरे ।

उनले सरकारी निकायमा तनखा बाहेक एउटा बैठक बसेमा भत्ता खाने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै आश्रमका युवाले विना भत्ता कर्तव्य पूरा नहुँदासम्म रातदिन खटिएर गरेको कामको प्रशंसा गरे । भत्ताका स्वयंसेवी नेपालमा देखेको भन्दै विना भत्ता नितान्त मानवीय सेवामा लाग्ने आश्रम परिवारलाई आधा मिनेट भने पनि ताली बजाएर सम्मान दिन मञ्चबाटै अनुरोध गरे। त्यसपछि हलमा उपस्थित सबैले आधा मिनेट ताली बजार आश्रमलाई सम्मान गरेका थिए ।

प्रधानमन्त्री ओलीले आश्रमले यती धेरै मान्छे फेला पारे, सरकारी निकायले किन भेटिँदैनन् भनेर प्रश्न गरे । उनले केही व्यक्तिलाई माइतीघरमा गएर मानवअधिकारका नारा लगाउन र राजनीति गर्दैमा फुर्सद नभएको प्रसङ्ग जोड्दै यसरी सडकबाट बेसहारालाई उद्धार गरेर संरक्षण गरेको हेर्न अनुरोध गरे । “यी काम गरेको उहाँहरूले किन देख्नुहुन्न, एक पटक आश्रम भ्रमण गरेर हेर्न र फूल राखेर प्रणाम गर्न अनुरोध गर्दछु”, प्रधानमन्त्रीले भने ।

आश्रमले आफ्नै आमाबुबा तथा दाजुभाइ दिदीबहिनी जसरी विना भेदभाव मानवीय कार्य गरेको बताउँदै प्रधानमन्त्री ओलीले आश्रमको सेवा भावमा सरिक भएर सहयोग गर्न सुरक्षाकर्मी, प्रशासनिक निकाय, जनप्रतिनिधि तथा सङ्घसंस्थाका प्रतिनिधिलाई अनुरोधसमेत गरे । उनले आश्रमका लागि हरतरहले सहयोग गर्न सङ्घीय सरकार तयार रहेको उल्लेख गरे । उनले आश्रमका लागि चाहिने भवन निर्माणका लागि जमिन उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र व्यक्तिलाई आग्रह गरे ।

बेसहारा व्यक्ति आफ्नो घर वरपर देखेमा आश्रममा बुझाउन अनुरोध गर्दै प्रधानमन्त्री ओलीले घरमा साङ्लाले बाँधेर वा खोरमा थुनेर नराख्न अनुरोध गरेका छन् । साङ्लोले बाँध्दा कति पीडा हुन्छ भन्ने कुरा आफैँले अनुभव गरेको विगत सम्झँदै प्रधानमन्त्री ओलीले त्यस्तो पीडा कसैले भोग्नुपर्ने अवस्था सिर्जना गर्न सरकार लागेको जानकारी दिए । उक्त समारोहमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले मानव सेवा आश्रमले गरेको कार्यको प्रशंसा गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बत्ताइन् । उनले आश्रमको अभियानमा सहयोग गर्न सबैलाई अनुरोध गरेकी छिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आश्रमसँग सहकार्य गर्दै बेसहारा सडक मानवमुक्त मुलुक बनाउने महा अभियानमा मन्त्रालय अघि बढ्ने विश्वास दिलाइन् । उनले हजारौँ गैरसरकारी संस्था मुलुकमा रहेको स्मरण गर्दै मानव सेवा आश्रमले गरेको कार्यबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिइन् । उनले आश्रमले सरकारी लक्ष्य पूरा गरेकोप्रति प्रशंसा गरिन् ।

प्रतिक्रिया दिनुहोस