२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा सेवाका पाँच थान इन्धन ढुवानी ट्याङ्कर सञ्चालनमा

अ+ अ-

काठमाडौँ । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै आएको थियो ।

करीब २ करोड ५० लाखका लागतमा खरीद गरिएको ट्याङकरले रक्सौलबाट काठमाडौँमा इन्धनको आपूर्ति गर्ने छ । काठमाडौँ उपत्यकामा चार र बनेपामा एक पेट्रोल पम्प सञ्चालन गरेको संस्थाले अनुदानित रासायनिक मल, ग्यास, सिमेण्टलगायत सामग्री सर्वसुलभ मूल्यमा पाँच दशकदेखि आपूर्ति गर्दै आएको छ ।

यहाँ आज आयोजित ढुवानी सेवाको उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले संस्थागत रुपमा प्रतिनिधित्व र राष्ट्रिय हितअनुरुपको सेवा दिन स्थापित संस्थाको आयआर्जनको मूल स्रोतका रुपमा आयल स्टोर रहेकाले संस्थाको क्षमता वृद्धिका साथै कारोवार बढोत्तरी गर्न निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सुझाव दिँदै मन्त्रालयले गर्ने काममा संस्थालाई हरसम्भव सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल आयल निगम एक्लैले पेट्रोलियम पदार्थ कारोवार गर्न नसक्ने भएकाले साझा सेवाले पनि इन्धन आपूर्तिको बेलाबखत हुने असहज अवस्थामा सर्वसुलभ र विश्वसनीय सेवा पुर्‍याउँदै आएको र कोभिड –१९ को महामारीसँगै बन्दाबन्दी अवस्थामा पनि अत्यावश्यक सवारी साधनलाई नियमित रुपमा सेवा दिँंदै आएकामा सराहना गर्नुभयो । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थका क्षेत्रमा संस्थाले जनस्तरमा पुर्‍याएको योगदानको चर्चा गरे ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष नेत्रबहादुर भण्डारी, व्यवसायी लिलेन्द्र प्रधानलगायतले साझा सेवा सबैको साझा रहेको बताउँदै सरकारीस्तरमा खुलेको भए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी अगाडि बढ्न शुभकामना दिए । साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेलले निकट भविष्यमा विषादीरहित साझा तरकारी बजार, नियमित रुपमा खाद्य वस्तुका सुपथ मूल्यका पसल सेवा, विद्युतीय परिवहन चार्जिङ स्टेशन जस्ता सेवाको थालनी गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस