प्रतिनिधिसभा विघटन मुद्धा : रमण श्रेष्ठले मागे बहसका लागि ५ घण्टा समय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटन मुद्धा : रमण श्रेष्ठले मागे बहसका लागि ५ घण्टा समय


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्‍ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने बढी १ घण्टा भन्दा दिन नसकिने बताए ।

बहसका पूर्व महान्यायाधीवक्ता श्रेष्ठले ५ घण्टा समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उनीबीच केहीबेर यही विषयमा भनाभन भएको थियो।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमध्ये अहिले संवैधानिक इजलासमा नेकपा नेता देवप्रसाद गुरुङले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।

बहसका लागि श्रेष्ठ आउनेबित्तिकै चालेन्द्रले १५ मिनेटमा बहस सक्न आग्रह गरे । तर श्रेष्ठले प्रतिवाद गर्दै आफूलाई १५ मिनेटले नपुग्ने बताए । प्रधानन्यायाधीश राणाले देव गुरुङसमेतको रिटमा नै ६६ जना कानुन व्यवसायी रहेको र छिटो बहस सक्नुपर्ने भन्दै १ घण्टा भन्दा बढी समय दिन नसकिनेमा अडिग रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस