२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ : मन्त्री श्रेष्ठ

अ+ अ-

लहान । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित नेकपा सिरहा जिल्ला सदस्यको शपथग्रहण कार्यक्रममा उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गराएको आरोपपत्र फिर्ता लिइ अदालतको निर्णय मान्न र निर्वाचनमा जान तयार भए पार्टी एक भएर जानसक्ने बताएका हुन्।

मन्त्री श्रेष्ठले निर्वाचन आयोगले अध्यक्षद्वय ओली र प्रचण्डको सहमतिमा र महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैध ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएको बताउँदै सडक आन्दोलन रोकेर पार्टीलाई एकताबद्धरुपमा अघि बढाउने बताए । ‘सडक आन्दोलनबाट मुलुकलाई निकास दिन सक्दैन्’, उनले भने, ‘ताजा जनादेशका लागि निर्वाचनमा जानु नै मुलुकको हितमा हुन्छ ।’

सो अवसरमा पार्टीको सिरहा जिल्ला इञ्चार्जसमेत रहनुभएका मन्त्री श्रेष्ठले सिरहाको चारवटै निर्वाचन क्षेत्रबाट पार्टीको जिल्ला कमिटीमा मनोनयन भएका ४० जनालाई शपथग्रहण गराए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गङ्गाप्रसाद यादव, रामशङ्कर यादव, रामरति राम, रामअवतार यादवलगायतले जिल्ला कमिटीका सदस्यलाई बधाई ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस