बामदेवको संयोजकत्वमा ६५१ सदस्यीय राष्ट्रिय एकता अभियान घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बामदेवको संयोजकत्वमा ६५१ सदस्यीय राष्ट्रिय एकता अभियान घोषणा


१४ माघ २०७७, बुधबार


काठमाडौँ । बामदेव गौतमले राष्ट्रिय एकता अभियान घोषणा गरेका छन् ।

बुधवार ललितपुरमा भेला गर्दै गौतमले आफ्नै संयोजकत्वमा ६ सय ५१ सदस्यीय अभियान घोषणा गरेका हुन् । अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको एक सय ७५ सदस्यीय कार्य सम्पादन समिति रहने भएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित दुवै समूहलाई फेरि एकता गराउने वातावरण बनाउने यो अभियान सुरु गरिएको गौतमले बताएका छन् ।

केही समयभित्रै ओली र प्रचण्ड समूहका नेताहरू यो अभियानमा सामेल हुने दाबीसमेत गौतमले गरेका छन् ।

हेर्नुहोस् गौतमको अवधारणापत्र

Tags :
प्रतिक्रिया दिनुहोस