भारतले टिकटकसहित ५९ चिनियाँ एप सधैँका लागि गर्‍यो बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतले टिकटकसहित ५९ चिनियाँ एप सधैँका लागि गर्‍यो बन्द


१३ माघ २०७७, मंगलबार


काठमाडैँ । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अुनसार यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले सधैँका लागि बन्द गर्ने निर्णय गरेको हो ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको थियो।

भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ। अघिल्लो सातामात्रै उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकबीच झडप भएको र दुबै पक्षका २४ जना घाइते भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस