प्रधानमन्त्री देउखुरी जाँदै, प्रचण्डले शिलान्यास गरेको पुलको उद्घाटन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउखुरी जाँदै, प्रचण्डले शिलान्यास गरेको पुलको उद्घाटन गर्ने


१२ माघ २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाँदै छन् । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली देउखुरी जान लागेका हुन् ।

प्रधानमन्त्री बिहान ११ बजे देउखुरी पुग्ने कार्यक्रम रहेको बताइएको छ । पुल उद्घाटनपछि प्रधानमन्त्री ओलीले राप्ती गाउँपालिका लालमटियामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्नेछन् । प्रचण्डले २०७३ मंसिर २२ गते राप्ती नगरपालिकाको सिसहनीय र गढवा गाउँपालिकाको महादेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास गरेका थिए । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रा लामो पुल हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । उक्त पुलको नाम ‘गेरुवा पुल’ हो । त्यसको लम्बाइ १ हजार १५ मिटर रहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस