२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वडासम्म महिलाको सहभागिता अनिवार्य’

अ+ अ-

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।

‘वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्’, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने । उनले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने/छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।

बाँस्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । उनले भने, ‘सङ्गठन निर्माणमा महिलाको सुनिश्चितता मूलमन्त्र बनाउनुस्, सहभागिता अनिवार्य हुनेछ ।’ नेकपा पार्टी सङ्ठन विस्तारका क्रममा रहेकाले ‘गुट होइन पार्टी’ निर्माणको सिद्धान्तमा अभियान सञ्चालन भइरहेको उनले बताए ।

बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद-पद-पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाए । ‘केही नेताका देखिएको प्रवृत्तिले नेकपामा अविश्वास पैदा भयो, नेकपा त्यस्तो पार्टी होइन, मै खाऊँ-मै लाऊँ र सुखसयल मै गरू भन्ने’, उनले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताका कारण पूर्वमाओवादी, विद्रोही समूह, आम श्रमिक वर्ग र आम नेपालीलाई प्रतिनिधित्व गर्ने भएकाले सङ्गठन विस्तार एवं पार्टी प्रवेश कार्यक्रम उपलब्धिमूलक भएको दाबी गरे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यत्रय रामहरि सुवेदी, रेशम लामा र रीता ढकाल, जिल्लाध्यक्ष अशोक ब्याञ्जूले प्रम ओलीले जनताको सार्वभौमिकता जनतामै लगेकाले स्वागत गर्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा विप्लव माओवादीका केन्द्रीय सदस्य हालै नेकपामा नवप्रवेशी चुँडामणि चौलागाईँले प्रम ओलीको राष्ट्रवाद र राष्ट्रियताले जनताको मन जितेको दाबी गरे । बैठकले हाल प्रतिनिधि तथा प्रदेश निर्वाचन क्षेत्र कमिटीअन्तर्गत पार्टी इन्चार्ज, सहइन्चार्ज तथा आउँदो फागुन मध्यसम्म काभ्रेपलाञ्चोकको १३ स्थानीय कमिटीका १६५ वडा कमिटी घोषणा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस