काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ।
भोली (आइतबार) मध्याह्न १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक राखिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनका अनुसार शनिबार बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले पार्टीका हालका एजेन्डाहरूमाथि अनौपचारिक छलफल गरेका थिए। ‘भोलि बस्ने स्थायी कमिटी बैठकमा थप एजेन्डामाथि छलफल हुन्छ,’ श्रेष्ठले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी छन् । प्रतिनिधिसभा विघटन पश्चात नेकपा दुई समुहमा विभाजन भएको छ । एक समुह प्रधानमन्त्री समेत रहेका केपी शर्मा आलीले नेतृत्व गरेका छन् । भने अर्को समुहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक र गैरसंवैधानिक भएको भन्दै नेकपा दाहाल-नेपाल पक्ष निरन्तर आन्दोलनमा छ। उक्त कदमको विरोधमा परेका एक दजर्न बढि रिट हाल सर्बोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।