काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाका विभिन्न पदहरुको लिखित परीक्षा नतिजा प्रकाशन गरेको छ । आयोगले यही असोज र कात्तिकमा लिएको लिखित परीक्षको नतिजा सार्वजनिक गरेको हो ।
लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार अमल्दार कर्मचारीका लागि १९४ जनाको आवेदन परेकोमा १३४ जना उत्तीर्ण भएका छन् । जसमध्ये महिलामा २८, आदिबासी जनजातिमा २९, मधेसीमा ११, दलितमा ३ र पिछडिएको क्षेत्रमा ५ जना उत्तीर्ण भएका छन् । अमल्दार कर्मचारीका लागि कात्तिक १ गते परीक्षा सञ्चालन गरिएको थियो ।
यसै गरी प्रा. अम भेहिकल मेकानिक्समा २२ जनाको आवजेदन परेको थियो । जसमध्ये ९ जना मात्रै उत्तीर्ण भएका छन् । उक्त पदका लागि संसमा ३, खुलामा ५२, महिलामा ९, आदिबासी जनजातिमा १४, मधेसीमा १२, दलितमा ७ र पिछडिएको क्षेत्रका लागि २ जनाको माग गरिएको थियो । २२ जनाले मात्रै आवेदन दिएको थिए ।
यस्तै प्राविधिक अम मेकानिकल्स/अटोमोबाइ र प्राविधिक अम एभियोनिक्स/इलेक्ट्रिकल/ईलेक्ट्रोनिक्स पदमा कुनै पनि उम्मेदवार उत्तीर्ण भएका छैनन् ।
नतिजा :