पार्टीको विधि सम्बद अघि बढौँ भन्दा पदलोभीको संज्ञा दिए : अध्यक्ष नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पार्टीको विधि सम्बद अघि बढौँ भन्दा पदलोभीको संज्ञा दिए : अध्यक्ष नेपाल


९ माघ २०७७, शुक्रबार


कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधि अनुसार अघि बढौँ भन्दा पदलोभीको संज्ञा दिएको बताए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले पार्टीको विधि, पद्धति र विधान अनुसार अगाडी बढौँ भन्दा आफुहरुलाई पदलोभीको संज्ञा दिइएको बताए ।

पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उनले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर संज्ञा दिइएको भनी विरोध जनाए। अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पारे ।

कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गरे । ‘देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ’, अध्यक्ष नेपालले भने, ‘यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
प्रधानमन्त्रीको उक्त कदम पश्चात नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजित भएका छन् । एक समुह प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेका छन् । भने अर्को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपलले नेतृत्व गरेका छन् ।

नेकपाको दाहाल-नेपालले नेतृत्व गरेको नेकपा अहिले प्रतिनिधि सभा विघटन असंबैधानिक रुपमा भएको भन्दै पुनस्थापनाको लागि आन्दोलनरत रहेको छ । आज शुक्रबार पनि काठमाडैँमा वृहत प्रदर्शन गरिरहेका छन्

 

Tags :
प्रतिक्रिया दिनुहोस