चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म


९ माघ २०७७, शुक्रबार


काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । योग्य आवेदक १२ लाख ११ हजार ११५ मध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने यी मध्यकै दुई जनाले थप एक एक कित्ताका दरले पाएका छन् ।

उक्त कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको थियो । १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरीदको लागि आवेदन दिएका थिए ।

रितपूर्वक आवेदन दिएका १२ लाख ११ हजार ११५ जना आवेदकलाई मात्र बाँडफाँटमा सहभागी गराइएको थियो । बांकी ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको थियो । यी आवेदकहरुबाट २ करोड २८ लाख २० हजार २१० कित्ता शेयरको माग भएको विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस