२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ ।

लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार माापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ ले उकालो लागेर ४४५.५९ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोबार रकममा समेत आज राम्रै प्रभाव देखिएको छ । कूल २०९ कम्पनीका एक करोड ८१ लाख पाँच हजार ६७१ कित्ता शेयर रु सात अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारसँगै बजार पूँजीकरण झण्डै रु ३२ खर्बको हाराहारीमा पुगेको छ । नेप्सेमा भएको सुधारसँगै रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबरको बजार पूँजीकरण भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.८३ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ । निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहमा बहार आउँदा बजारले नयाँ लय समातेको छ । यस्तै व्यापार २।४७, होटल १३.६२, विकास बैंक ३१.३८, जलविद्युत् ६८.२९, वित्त ३१.९८, निर्जीवन बीमा ५४०.२३, उत्पादन २६.१३, अन्य १७.४८, लघुवित्त १५४.१६ र जीवन बीमा ४४३.४३ ले उकालो लागे ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड ३३ लाख १२ हजार ४२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेको इन्स्योरेन्स रु २६ करोड ६४ लाख ४८ हजार २१३, नेपाल पुनरबीमा कम्पनी रु २२ करोड ९९ लाख ४७ हजार २२१, शिखर इन्स्योरेन्स रु २२ करोड ८२ लाख ६१ हजार ७७२, नेशनल लाइफ इन्स्योरेन्स रु २१ करोड ४४ लाख ५६ हजार १६७, प्रभु बैंक रु २१ करोड ४३ लाख ५० हजार ९४३, नेपाल दूरसञ्चार कम्पनी रु २१ करोड तीन लाख ६४ हजार ६४८, एनआइसी एशिया बैंक रु १६ करोड १६ लाख ३५ हजार ८४४ र अरुण काबेली पावर कम्पनी रु १३ करोड ६८ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९.९८, सिद्धार्थ इन्स्योरेन्स ९.९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्त ९.९६, आशा लघुवित्त ९.९६, गुराँस लघुवित्त ९.९४, सूर्योदय लघुवित्त ९.९४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।

यसैगरी नारायणी डेभलपमेन्ट बैंक ६.७०, नेपाल हाइड्रो ४.२५, बरुण हाइड्रोपावर ३.३३, बैंक अफ काठमाण्डू २.१३, सनराइज म्युचुअल फण्ड १.९६, मन्जुश्री फाइनान्स १.६५, नबिल इक्विटी फण्ड १.६३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.६३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस