शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान


८ माघ २०७७, बिहिबार


काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि परियोजना प्रस्ताव पेश गर्न सबै सार्वजनिक विद्यालयहरुलाई आह्वान गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा व्यवस्था भएबमोजिम निर्देशक समितिको गत माघ ४ गतेको निर्णयअनुसार चालु आर्थिक वर्ष ०७७/७८ का लागि कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयलाई स्थानीय तहमार्फत प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।

यही माघ ६ गते सूचना प्रकासन गरेको केन्द्रले सूचना प्रकासन भएको १५ दिन भित्र निश्चित प्राथमिकता क्षेत्र र सर्त बन्देजभित्र रही तोकिएको ढाँचाअनुसारको प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ ।

प्रस्तावका लागि तोकिएका क्षेत्रहरुमा भौतिक पूर्वाधार विकास र पुर्नसंरचना, विद्यार्थीको सिकाई उपलब्धीस्तर अभिवृद्धि, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधि नवप्रवर्तन र सिकाई सामग्री व्यवस्थापन, प्राविधिक तथा व्यवसायिक शिक्षामा अभिवृद्धि रहेका छन् ।

विद्यालयले प्रस्ताव माग गर्दा एक वा एकभन्दा बढी परियोजनाका लागि बढीमा २५ लाख रुपैयाँसम्मको प्रस्ताव माग गर्न सकिने र माग गरिएको परियोजना प्रस्ताव चालु आर्थिक वर्ष ०७७/७८ भित्र कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस