भारतबाट कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भारतबाट कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै


८ माघ २०७७, बिहिबार


काठमाडौँ । भारतले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । आज बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । ती खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

पहिलो चरणमा तोकिएका खोप केन्द्रहरुबाट स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने छ । १० देखि १५ दिनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस