छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीको प्रर्दशन « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीको प्रर्दशन


७ माघ २०७७, बुधबार


सुर्खेत । छिटो–छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीले प्रर्दशन गरेका छन् । एक सातादेखि कार्यालय पुग्दै लाइनबस्दा पनि कार्यालयबाट सामान्य काम हुन नसकेको भन्दै सेवा ग्राहीहरुले मंगलबार प्रर्दशन गरेका हुन् ।

‘भ्रष्ट कर्मचारी आउट गर’, ‘नीति नियम पालना गर’, ‘जिल्ला प्रशासन र प्रदेश सरकार मुर्दावाद’, ‘सेवाग्राहीले छिटो–छरितो सेवा पाउँनै पर्छ’, ‘नेताका आसेपासे कर्मचारी हटाउँनै पर्छ,’ लगायतका नारा लगाउँदै सेवा लिन पुगेका सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन् ।

पैँसा र पहुँच वालाहरुको काम दुई घण्टा भित्रै हुने गरेपनि आम नागरिकहरु भने महिना दिन कार्यालय धाउँदा समेत काम हुन नसकेको सेवा ग्राहीको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस