हुम्लामा स्थानियको ढुङ्गामुढा प्रहारबाट वडा अध्यक्ष गम्भीर घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा स्थानियको ढुङ्गामुढा प्रहारबाट वडा अध्यक्ष गम्भीर घाइते


४ माघ २०७७, आइतबार


सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडा अध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडा अध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडा अध्यक्ष थापामाथि ढुङ्गाले हानेर गम्भीर घाइते बनाइएको छ । वडा अध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढङ्गले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासि ढुङ्गामुढा भएको बताए । सो घटनामा परी वडा अध्यक्ष थापासहित तीनजना घाइते भएका छन् ।

घाइते हुने वडा अध्यक्ष थापा, स्थानीय दीपक थापा र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसभन्दा अगाडि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पर्टी (नेकपा) बीच झडप भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस