प्रदेश २ मा सोमबार सार्वजनिक बिदा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रदेश २ मा सोमबार सार्वजनिक बिदा


४ माघ २०७७, आइतबार


जनकपुर । प्रदेश नम्बर २ सरकारले भोली (सोमबार) सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको हो।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आइतबार एक सूचना जारी गर्दै बलिदानी दिवसको अवसरमा प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको घोषणा गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस