आगामी निर्वाचन सम्बन्धि छलफल गर्न आयोगले बोलायो सर्वदलिय बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आगामी निर्वाचन सम्बन्धि छलफल गर्न आयोगले बोलायो सर्वदलिय बैठक


४ माघ २०७७, आइतबार


काठमाडौँ । आगामी बैशाखमा हुने भनिएको निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ।

निर्वाचन आयोगको कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै राजनीतिक दललाई आयोगले आइतबार बैठकमा बोलाइएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेका छन्। मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिकलगायत विषयमा दलहरूसँग आयोगले छलफल गर्न लागेको हो।

कोरोना महामारीको समयमा निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले यसको चर्को आलोचना गरिरहेका छन्।

संसद विघटनविरुद्ध सत्ता पक्ष र अन्य राजनीति दलहरु संघर्षका कार्यक्रम घोषणा गरी आन्दोलित छन्। प्रधानमन्त्री केप ओली भने वैशाखमा चुनाव गराइ छोड्ने अडानमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस