विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड १८ लाख बढि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड १८ लाख बढि


एजेन्सी

३ माघ २०७७, शनिबार


काठमाडौँ । चिनको वुहान प्रान्तबाट उत्पति भएको कोरोना भाइरस (कोभिड(१९) हाल विश्वभर माहामारीको रुपमा फैलिएको छ ।

हाल सो भाइरस संक्रमितको संख्या विश्वमा ९ करोड १८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड १८ लाख १६ हजार ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ७ लाख ९ हजार ८६५ संक्रमित थपिएका छन् । सोही अवधीमा १५ हजार ४०७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ८६ हजार ८७१ पुगेको छ ।

कोरोना भाइरसले हाल सम्म सबैभन्दा बढि प्रभावि भएको मुलुक संयुक्त राज्य अमेरीका हो । अमेरिकामा हालसम्म २ करोड ४१ लाख १३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

त्यसैगरी नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ। भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस