प्रमुख प्रशासकीय अधिकृतदेखि विशेषज्ञ डाक्टरसम्म कर्मचारी माग (विज्ञापनसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृतदेखि विशेषज्ञ डाक्टरसम्म कर्मचारी माग (विज्ञापनसहित)


३ माघ २०७७, शनिबार


तनहुँ । जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले कर्मचारी माग गरेको छ । तनहुँस्थित उक्त केन्द्रले करार सेवाका लागि ६३ जना कर्मचारीको माग गरेको हो । केन्द्रले माघ २ गते सूचना जारी गर्दै २०७८ असार मसान्तसम्मका लागि करार सेवामा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन भनिएको छ । दरखास्त सोही केन्द्रमा नै दिनुपर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य सेवा ११ औँ तह प्रमुख स्वासप्रश्वास विशेषज्ञ १ जना, फिजिसियन २ जना, गाइनोकोलोजिस्ट १ जना, रेडियोलोजिस्ट १ जना जनरल सर्जन १ जना, इनेस्थिसियोलोजिस्ट १ जना, पेड्याट्रिसियन १ जनाको माग गरिएको छ ।

यसैगरी मेडिकल अधिकृत २ जना, नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स, ८ जना, ल्याव टेक्निसियन २ जना, रेडियोग्राफर ३ जना, एनेस्थिेसिया असिस्टेन्स १ जना, फार्मेसिष्ट ४ जना, अहेब ७ जना, अनमि ७ जना, ल्याव असिस्टेन्स १ जनाको माग गरिएको छ ।

यस्तै, प्रशाशकीय अधिकृत १ जना, नायब सुब्बा २ जना, काउन्सिलर १ जना,खरिदार २ जना, रिसेप्सनिष्ट ४ जनाको माग भएको छ ।

यस्तै, हेभि ड्राइभर १, हलुका सवारी चालक १, कार्यालय सहयोगी,माली, कुचिकार, पाले, प्लम्बरगरी १३ जनाको माग भएको सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा अन्तर्वाता मात्रै हुने भनिएको छ ।

यस्तो छ सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस