२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुवा खेल्दै गरेको अवस्थामा रुकुम पूर्वका जिल्ला समन्वय प्रमुखसहित ५ पक्राउ

अ+ अ-

रुकुम पूर्व । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुखसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँच जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ पातुखोलामा रहेको भरत घर्तीको घरमा जुवा खेलिरहेका उनीहरूलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताए ।

समन्वय प्रमुख ओलीसहित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ५ का सुवास घर्ती, त्यही पालिकाको वडा नम्बर १० का जितेन्द्र बुढा, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ का लिलबहादुर पुन र मुसिकोट नगरपालिका १ का कमल गिरी पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट तीन बुक तास र २५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको (जुवा) मुद्दा चलाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस